February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

थप ५८८ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

  • 2
    Shares

काठमाडौं, आइतवार थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । 

देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ३२० छ । २४ घण्टामा ४ हजार ६२० पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ४२१ रहेको छ ।

२४ घण्टामा १ हजार ९७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४३ हजार ६६४ जना घर फर्किसकेका छन् ।

यस्तै २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७८८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको