February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न: सभापति देउवा

  • 24
    Shares

काठमाडौं, प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको सिफारिश गर्ने सरकारको कदम अधिनायकवादउन्मुख भएको टिप्पणी गरेका छन् ।

उनले संसद् विघटनको कदमको कांग्रेसले राजनीतिक प्रतिवाद गर्ने जनाएका छन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिश गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा देउवाले अधिनायकवादउन्मुख कदमप्रति आफूहरूको गम्भीर असहमति रहेको उल्लेख गरेका हुन् ।


देउवाले ट्विटरमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको सिफारिश असंवैधानिक छ । अधिनायकवादउन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ । संविधानविपरीतको सिफारिश स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न । यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’


प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ताजा जनादेश लिने भन्दै संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको