February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

ओलीले संसद विघटन गर्ने सिफारिस गरेपछि ५ मन्त्रीले राजीनामा दिने तयारी

  • 48
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले जानकारी दिएका छन् । 

सो मन्त्रीका अनुसार उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको बताएको छ ।

योसँगै माधव नेपाल समूहबाट मन्त्री भएकाहरुले भने राजीनामबारे कुनै निर्णय नगरेको बुझिएको छ ।

उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर मात्रै के गर्ने भन्ने निर्णयमा पुग्ने एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । 

शीर्ष समाचार

धेरै पढिएको