February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली- प्रचण्डबिच भेटवार्ता जारी

  • 10
    Shares

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल शुरु भएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेपछि छलफल शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईकानअनुसार अहिले बालुवाटारमा दुई अध्यक्षबीच एक्लाएक्लै बार्ता भइरहेको छ । आज दिउँसो १ बजेदेखि स्थायी कमिटी बस्ने तय भएपनि दुई अध्यक्षबीच १ बजेबाट छलफल शुरु भएको उनले बताएका छन् । दुई अध्यक्षबीचको छलफलपछि स्थायी कमिटी बैठक बस्ने नबस्नेबारे टुङ्गो लाग्नसक्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपति कार्यालयमा सिफारिस गरेपछि देशको राजनीति फेरि तरङ्गित भएको छ । नेकपाभित्रका नेता तथा सांसदहरु छुट्टाछुट्टै छलफल र भेलामा जुटेका छन् भने उता प्रमुख प्रतिपक्षी दलको पनि आकस्मिक बैठक तयारी भएकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको