
नेपालका ५० लाख बालबालिहरु आजबाट शिक्षाको वैकल्पिक प्रविधिको प्रयोगबाट अध्ययन सुरु गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणमार्फत शिक्षाको वैकल्पिक प्रविधिका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले ५० लाख बालबालिकालाई अहिलेको प्रविधिको माध्यमबाट सिकाइ प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन् ।
उनले चैत्र ११ गतेदेखिको लकडाउनको कारणले विद्यालय बन्द भएको बताउदै नेपालका हजारौं विद्याल य क्वारेन्टाइनमा रहेको र बालबालिकाहरू उच्च जोखिममा परेकाले अब प्रविधिको माध्यमबाट सिकाइ सुरु गर्न लागेको बताएका छन् । माध्यमिक शिक्षा र एसइइको परीक्षा रोकिएको र आम अभिभावक तथा विद्यार्थीहरूमा भाइरसको महामारी नरोकिएकाले अब प्रविधिमा आधारित शिक्षाको सुरुवात गर्न लागेको बताएका हुन् ।
अाेलिले विद्यालय र समाज भनेको सिकाइका केन्द्र भएकाले बालबालिकाहरूलाई यो समयमा धेरै कुरा सिकाउन सकिने बताएका छन् । लकडाउन खुकुलो बनेसँगै अब विद्यार्थीहरूको शैक्षिक शत्रलाई खेर जान नदिनको लागि विद्यार्थीहरूको पँहुच अनुसारको शैक्षिक कार्यक्रम सुरु गरिन लागेको पनि स्पष्ट पारे । सरकारले अब रेडियो, टेलिभिजन, इन्टरनेट र कम्युटरको पहुँचको आधारमा प्रविधिमा आधारित शिक्षा प्रदान गर्न लागेको प्रधानमन्त्री ओलीकाे भनाइ छ ।







