March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

नेकपा स्थायी समितिको बैठक आज बस्दै, सहमतिको प्रयास गर्ने 

  • 1
    Share

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेका राजनीतिक प्रतिवेदनमा केन्द्रित भएर छलफल हुने भएको छ ।


दुवै पक्षका शीर्ष नेताहरुबीच सहमति हुन नसकेकाले आजको बैठकका एजेण्डा नै तय हुन सकेका छैनन् । बैठक अघि आज पनि पार्टीका नेताहरुले विवादास्पद विषयमा सहमतिको प्रयास गर्ने बताइएको छ ।पार्टीका कार्यकारी अध्यक्ष दाहालको प्रतिवेदन र त्यसमा ओलीले प्रस्तुत गरेको जवाफमा छलफल गर्ने विषयमा नेकपाका विवाद छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली दाहालको प्रतिवेदनमाथि छलफल नै हुनु नहुने अडानमा छन् । उनले त्यो फिर्ता गरेर दुई अध्यक्षले साझा प्रस्ताव बनाउन प्रस्ताव गरेपनि दाहालले मानेका छैनन् ।

शीर्ष समाचार

धेरै पढिएको