बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक जना घाइते

बैतडी, बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार अपरान्ह बैतडीको मेलौली नगरपालिका–९, मा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय अर्का नारायण भट्टको मृत्यु भएको हो दुर्घटनामा चालक घाईते भएका छन् । दुर्घटनामा घाईते चालक कैलालीको गौरीगंगानगरपालिका–३, का २५ वर्षिय अमृत चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना भएको सडक खण्ड यातायात सञ्चालन गर्न अनुमति नपाएको क्षेत्र हो । शनिबार ४ः३० बजेको समयमा मेलौलीनगरपालिका –९ स्थित भित्री सडक खण्डको असुरबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नं. को खाली ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट १०० मिटर तल भीरमा खसेको छ ।
ट्याक्टर दुर्घटनामा एकै गाउँका दुई जनाको मृत्यु भएपछि मेलौलीनगरपालिकाको अशुर गाँउ अहिले शोकमा डुबेको छ ।
घाईते चालकको स्थानीय मेडिकलमा उपचार भईरहेको र मृतकभट्टको लाश निकाल्ने कार्य भईरहेको छ । घटना स्थलमा प्रनानिजनकसिंह धामीको कमाण्डमा ५ जनाको प्रहरी खटिएको जिल्लाप्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्