February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

थप ७१० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

  • 18
    Shares

काठमाडौं, शनिबार थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार १८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ७८० जनाको आरटीपीसीआर परीक्षण गर्दा ७१० जनामा सङ्क्रमणको पुष्टि भएको हो । देशभर आठ हजार ८४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेका छन् ।

गत २४ घण्टामा एक हजार १७५ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । योसँगै दुई लाख ४२ हजार ५६७ जना निको भइसकेका छन् । हाल आठ हजार ८४० जना आइसोलेशनमा रहेको र ४२१ जना क्वारेन्टिनमा रहेको छ ।

गत २५ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार ७७७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको