March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

गुल्मीमा अटो दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

  • 25
    Shares

गुल्मी, गुल्मीमा गएराती भएको अटो दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बर को अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका–१२ का तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गौडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा भएको प्रहरीले जनाएको छ । अटोमा सवार घाइते ४ जना मध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

दुर्घटनाको थाहापाएपछि नजिकै रहेको शसस्त्र प्रहरी वल ३७ नम्बर गुल्मका प्रहरी निरिक्षक नारायणप्रसाद सेढाईसहितको प्रहरी टोलीले उद्घार गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको