February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

थप ७८२ जनामा काेराेना पुष्टि, १६ जनाकाे मृत्यु

  • 15
    Shares

काठमाडौं, शुक्रबार थप ७८२ जनामा काेराेना पुष्टि भएको छ । याेसँगै कुल सङ्क्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणबारे जानकारी गराउदै पछिल्लो चौबीस घण्टामा प ५ हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गर्दा ७८२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे ।

हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल नौ हजार ३१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १०२९ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ भने हालसम्म दुई लाख ४१ हजार ३९२ जना निको भइसकेका छन् ।

पछिल्लो चौबीस घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७६५ जना संक्रमितको भैसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको