March 6, 2021, Saturday
२०७७ फाल्गुन २३, आईतवार

तराई-मधेशमा अत्यधिक चिसोका कारण चार जनाको मृत्यु, पाँच जना घाइते

  • 7
    Shares

सिरहा, तराई-मधेशमा केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा चार जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

चिसोका कारण सिराहाको बरियारपट्टी गाउँपालिका–५ झिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिराहाले जनाएको छ ।


मंसिर २२ देखि २८ गतेसम्मको अवधिमा चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताएका छन् । यो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको प्रजिअ कँडेलले बताए ।


केही दिनयता मध्यतराईमा चिसो बढेको छ भने बिहान र साँझ बाक्लो तुवालो लाग्न थालेको छ । दिउसो पनि मुस्किलले घाम लाग्ने गरेको छ । तुवालोसँगै चिसो सिरेठो चल्न थालेको छ । जसले गर्दा मध्यतराईको जनजीवन प्रभावित भएको छ । 

शीर्ष समाचार

धेरै पढिएको