February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

श्रीराम सुगर मिल्सका सञ्चालकले उखु किसानलाई ३५ करोड वितरण गर्ने

  • 13
    Shares

काठमाडौं, रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले उखु किसानलाई ३५ करोड वितरण गर्ने भएको छ ।

उद्योगीले मिल्सको खातामा ३५ करोड रुपैयाँ जम्मा गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सञ्चारमाध्यमलाई बताएका छन् । उनका अनुसार आजबाट उखु किसानलाई वितरण गर्ने कार्यतालिका बनाइएको छ ।

उखु किसानको बक्र्यौता नतिरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका चारजना मन्त्रीले चिनी उद्योगीलाई पक्रने निर्णय गरेका थिए । सो निर्णयपछि प्रहरीले त्यस्ता उद्योगीविरुद्ध ब्यापक ‘सर्च अपरेशन’ चलाएको छ ।

श्रीराम सुगर मिल्सका सञ्चालक विशाल अग्रवालसहित ३ जना विरुद्ध जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमती जारी गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको