थप ७७६ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं, बिहिवार थप ७७६ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज ६ हजार ५८८ जनाको पिसिआर परीक्षण भएको छ । देशभर ९ हजार ५८० जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।
आज ९४७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।
प्रतिकृया दिनुहोस्