February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

  • 12
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

हिजो बिहीबार संवैधानिक परिषदको बैठक बोलाएका  प्रधानमन्त्री ओलीले सो बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएका प्रचण्ड निकट एक नेताले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार बेलुका छ बजे संवैधानिक परिषदको बैठक बस्ने भनी अरु सदस्यहरुलाई बोलाएका छन् । यसअघि बुधबार नेकपाको स्थायी कमिटीको बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको