April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

भोलिबाट सवारीमा लगाइएको जोरबिजोर प्रणाली हट्ने

काठमाडौं, काठमाडौं उपत्यकामा कायम रहेको जोर बिजोर प्रणाली भोलिबाट हट्ने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले पुस ३ गतेदेखि लागू हुनेगरी सवारीमा लगाइएको जोरबिजोर प्रावधान हटाएका हुन् ।

जोरबिजोर हटाउनुअघि तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को संयुक्त बैठक आज बसेको थियो । तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्तरूपमा निर्णय गर्दै निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर भोलिदेखि लागू हुनेगरी हटाएका हुन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलालले असोज १ बाट लगाइएको जोरबिजोर प्रणालीलाई अर्को व्यवस्था नभएसम्मका लागि हटाइएको बताए । २०७६ चैत ११ देखि लकडाउन घोषणा गरिएको थियो । त्यसको ४ महिनापछि लकडाउन हटाइएपनि सार्वजनिक सवारी पूर्णरूपमा खुलाइएको थिएन ।

शीर्ष समाचार

धेरै पढिएको