April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

राष्ट्रिय जलस्रोत नीति–२०७७ सार्वजनिक, प्राकृतिक सम्पदा सदुपयोगबारे अनुसरण

काठमाडौं, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बिहीबार एक कार्यक्रम गरी नीति सार्वजनिक गरेका हुन ।

मन्त्री पुनले प्राकृतिक सम्पदालाई कसरी सदुपयोग गर्न सक्छौं र भोलीको दिनमा कसरी पुस्तान्तरण गर्न सक्छौं भन्ने कुरालाई राष्ट्रिय जलस्रोत नीतिले अवलम्बन गरेको बताएका छन् । राष्ट्रिय जलस्रोत नीतिले जलस्रोतको प्रयोग समान्य अवस्थामा र विशिष्ट अवस्थामा कसरी गर्ने भन्ने सम्बन्धमा समेत निर्देश गरेको उनको भनाइ छ ।

मन्त्रालयले संविधान जारी भएपछि जलस्रोतको उपयोग तीन वटै तहबाट गर्ने संवैधानिक व्यवस्था भए अनुसार नै नीति तयार पारिएको जनाएको छ । जलस्रोतलाई सिंचाईमा, जलविद्युतमा र पर्यटन पूर्वाधारको रुपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण पनि राष्ट्रिय जलस्रोत नीतिले अवलम्बन गरेको बताइएको छ ।

जलस्रोतको संरक्षण, विकास तथा उपयोग गर्ने, नागरिकका आवश्यकता परिपूर्तिका लागि आवश्यक पर्ने जलस्रोतजन्य सेवा सुविधा सहज सुलभ, सुपथ र समन्यायिक तवरले उपलब्ध हुनेगरी जलस्रोत क्षेत्रको विकास गर्ने उद्देश्य पनि नीतिले राखेको छ ।

शीर्ष समाचार

धेरै पढिएको