February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफल गर्न स्वास्थ्यमन्त्रीलाई लेखा समितिले बोलायो 

  • 19
    Shares

काठमाडौं, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य, जनसंख्या तथा वातावरणमन्त्री भानुभक्त ढकाललाई छलफलका लागि बोलाएको छ ।

समितिको बिहीबार बसेको बैठकले मन्त्री ढकाललाई शुक्रबार दिउँसो १ बजे छलफलका लागि बोलाएको समितिका सभापति भरत शाहले जानकारी दिएका छन् ।

उक्त समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितताबारे छानबिन गरिरहेको छ भने सोही विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाएको हो । सभापति साहले चार महिनाअघि नै बोलाउने निर्णय भएको भए पनि अहिलेसम्म मनत्री ढकाल समितिमा उपस्थित हुन मानेका थिएनन् ।

अहिले मन्त्रीसँग सल्लाह गरेर नै समय मिलाइएको सभापति शाहले बताए । समितिले यसअघि नै तत्कालीन स्वास्थ्य सचिवहरू, स्वास्थ्य सेवा विभागका तत्कालीन प्रमुखलाई पनि सोधपुछ गरिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको