नेताहरुको दोहोरो चरित्रले उखु किसानको हित हुँदैन: उद्योगमन्त्री भट्ट

काठमाडौं, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेताहरुकै संरक्षणमा चिनी उद्योगीहरुले किसानको पैसा नतिरेको जिकिर गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले बाहिर किसानको पक्षमा बोलेझैं गर्ने र भित्रभित्रै खराब उद्योगीको संरक्षणमा नेताहरु लागिदिनाले किसानहरु मर्कामा परेको बताए ।
उनले भने, ‘सामाजिक सञ्जालमा किसानको पक्षमा भएझैं गरी नेताज्यूहरु रोइलो गर्नु हुन्छ तर भित्रभित्रै चाहिँ उद्योगीको संरक्षण गर्नु हुन्छ’, मन्त्री भट्टले भने, ‘नेताज्यूहरु मलाई फोन गरेर भन्नु हुन्छ, ‘३–४ दिनमै तिर्छु भनेका छन्, अहिले पक्राउ नगरिदिनुस् है’ । फेरि ट्विटरमा चाहिँ उहाँहरु नै सरकारकै विरोध गरेर किसानलाई पैसा किन नदिएको भन्नुहुन्छ । अच्चम छ । यस्तो दोहोरो चरित्रले किसानको हित हुँदैन ।’
प्रतिकृया दिनुहोस्