March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

नेपाल-भारत मन्त्रीस्तरीय संयन्त्रको बैठक नयाँदिल्लीमा बस्ने गरी तयारी सुरु

  • 29
    Shares

काठमाडौं, नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय विशेष संयन्त्रको बैठक नयाँदिल्लीमा बस्ने गरी तयारी सुरु भएको छ । सम्भव भएसम्म पुस महिनाभित्रै बैठक बस्न सक्ने गरी प्रारम्भिक तहको तयारी सुरु भएको
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका हुन् ।

‘भारतले गरेको प्रस्तावमा पुस १–२ भित्रै मन्त्रीस्तरीय बैठक तय गर्ने कि भन्ने थियो तर यसका लागि आवश्यक तयारी र एजेन्डामाथि छलफल जारी रहेका कारण तत्काल असम्भव हुन्छ भनेर जवाफ पठायौं,’ मन्त्री ज्ञवालीले भने, ‘अर्को चरणमा भ्रमणको मिति तय गर्ने तयारीमा छौं ।’ दिल्लीस्थित दूतावास स्रोतका अनुसार बैठक पुसको दोस्रो साताभित्रै बस्न सक्ने प्रारम्भिक संकेत देखिएको छ ।

गत मंसिर दोस्रो साता भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुईदिने नेपाल भ्रमणमा आएकै बेला भारतीय विदेशमन्त्री एस.जयशंकरका तर्फबाट दिल्ली भ्रमणको निम्तो पाएका परराष्ट्रमन्त्री ज्ञवालीले ‘भ्रमणको टुंगो चाँडै लाग्ने’ प्रतिक्रिया दिएका छन् ।

दिल्लीबाट पछिल्लो दुई महिनायता भइरहेको तारन्तारको भ्रमणले ‘संवादको माहोल’ बन्दै गए पनि द्विदेशीय संवादहीनतामा सीमा समस्या र द्वितर्फी नयाँ भौगोलिक एवं राजनीतिक नक्सांकन प्रमुख कारक देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको