February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

राप्रपाले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको माग राख्दै सरकारविरुद्ध प्रदर्शन गर्ने

  • 1
    Share

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको माग राख्दै सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको राप्रपाको सचिवालय कार्य व्यवस्था समितिको बैठकले भ्रष्टाचार, धर्म परिवर्तन र कोरोना महामारी नियन्त्रणका विषयमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।


अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको बैठकले वेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा जनप्रदर्शनको घोषणा गरेको हो ।

प्रदर्शन कार्यक्रम अन्तर्गत पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल र्‍याली गर्ने, पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको