नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबिच आज पनि भेटवार्ता हुँदै

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल हुने भएको छ ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाउन प्रस्ताव लैजाने सहमति भएसँगै पार्टीका अन्य विवादास्पद विषयमा सहमतिका लागि दुई नेताबिच वार्ता हुन लागेका हुन् ।
विवादको विषय बनेको दाहालले ओलीमाथि आरोप लगाउदै पेश गरेको राजनीतिक प्रतिवेदन र त्यसमा ओलीको प्रत्युत्तरबारे पनि आज छलफल हुनेछ ।
ओलीले सो प्रतिवेदन खारेज हुनुपर्ने अडान राख्दै आएका छन भने दाहाल र बरिष्ठ नेता माधब नेपाल पक्ष त्यसमा स्थायी समितिमै छलफल हुनुपर्ने पक्षमा छन् ।
प्रस्ताव फिर्ता गरेर संयुक्त प्रस्ताव आगामी स्थायी समिति बैठकमा पेश गर्ने मध्यमार्गी प्रस्ताव ओली पक्षले दाहाल समक्ष राखेपनि त्यसमा सहमति जुटेको छैन ।
प्रतिकृया दिनुहोस्