March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

काठमाडौं-नयाँदिल्ली उडान आजबाट शुरु 

  • 19
    Shares

काठमाडौं, कोरोना महामारीका कारण नौ महिनादेखि ठप्प रहेको काठमाडौं नयाँ दिल्ली उडान आजबाट शुरु भएको छ । नेपाल वायु सेवा निगमको एयरबस ए थ्रि ट्वान्टी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज विहान एघार बजे दिल्लीका लागि प्रस्थान गरेको हो ।

आठ जना बिजनेस क्लास र एक सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर विमान दिल्ली गएको हो । काठमाडौं–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ । महामारी भन्दा अघिसम्म निगमले दिल्लीका लागि प्रत्येक दिन दुई वटा उडान भर्दै आएको थियो ।

भारतले भने डिसेम्बर चौबिस तारिखबाट काठमाडौं उडान भर्ने बताइएको छ । कोरोना भाइरस संक्रमणपछि जारी उडान प्रतिवन्ध फुकुवा गर्दै अन्तर्राष्ट्रिय उडानका लागि गत साता भारतले सहमति दिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको