February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

पत्रकारहरुको सबैखाले समस्या आन्दोलन गर्नु अगावै सम्बोधन हुन्छ: सञ्चारमन्त्री

  • 19
    Shares

काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुका सबैखाले समस्या र विषयहरुलाई आन्दोलन, विरोध गर्नु अगावै समयमै सम्बोधन गर्दै जाने मन्त्रालयको नीति रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघद्वारा महासंघको सभाहल सञ्चारग्राम काठमान्डौमा आयोजित पत्रकार अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोभिडबाट प्रभावित पत्रकारहरुका लागि निशुल्क उपचार व्यवस्था, जिल्ला हुलाक मार्फत प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरणको व्यवस्था लगाएतका सुधारका कामहरु तत्कालै थालिएको बताए ।

उनले पत्रकारहरुका बाँकी विषयहरु पनि सम्बोधन र कार्यान्वयन गर्दै जाने प्रतिबद्दता व्यक्त गरेका हुन् । मन्त्री गुरुङले समृद्दि र समाजको रुपान्तरणका लागि सृजनात्मक र सकारात्मक सोचका साथ राष्ट्रको हितमा काम गर्न पत्रकारहरुलाई आग्रह गरे ।

शीर्ष समाचार

धेरै पढिएको