January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

नेकपा स्थायी कमिटी बैठकअघि ओली र दाहालबिच भेटवार्ता

  • 4
    Shares

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

दुई अध्यक्षबीच बालुवाटारमा ‘वान टु वान’ संवाद चलिरहेको ओलीनिकट स्रोतले जनाएको छ । बिहान ८ बजे स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग भेट गरेपछि प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका हो ।

मंगलबार सरकारले संवैधानिक परिषद्को नियुक्तिसम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्डले त्यसको आलोचना गर्दै पार्टीमा परामर्श नै नगरी अध्यादेश ल्याएको फिर्ता गर्नुपर्ने बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको