January 15, 2021, Friday
२०७७ माघ ३, शनिबार

गोरखामा यात्रु बस दुर्घटना हुँदा ५ जना गम्भीर घाइते

  • 1
    Share

गोरखा, गोरखाको भिमसेन गाउँपालिकास्थित सिमलाफेद नजिकै तान्द्राङमा यात्रु बस दुर्घटना भएको हुँदा ५ जना गम्भीर घाइते भएका छन । काठमाडौंबाट गोरखाको सोतीतर्फ जाँदै गरेको रात्रीबस आज बिहान करिव ५ बजे दुर्घटनमा परेको हो ।

ग १ ख ९४४६ नम्बरको यात्रुबस सडकबाट २० मिटर तल खसेको थियो । दुर्घटनापछि घाइतेहरुको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । घाइतेहरुको आरुघाट स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो बसमा ३५ जना यात्रु रहेको प्रहरी स्रोतले बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको