March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

९ महिनापछि आज खुल्यो पशुपतिनाथ मन्दिर


काठमाडौं, नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारण तथ भक्तजनका लागि खुला भएको छ । कोरोना भाइरस संक्रमणका कारण  गत चैत्र ११ गतेदेखि बन्द गरिएको मन्दिर स्वास्थ्य सतर्कता अपनाउँदै खुला गरिएको हो ।

मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइएको हो ।

दर्शनार्थीलाई त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । मन्दिर खोले पनि मन्दिरभित्र गरिने पूजापाठ र भजनकीर्तनमा भने रोक लगाईएको छ ।

पशुपतिनाथ मन्दिरसँगै विश्वकै प्रसिद्ध शक्तिपीठ गुह्येश्वरी पनि आजदेखि भक्तजनलाई दर्शनका लागि खुला गरिएको छ । पशुपति क्षेत्रका चन्द्रविनायकलगायत मन्दिर, चैत्य पनि बुधबारदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएका छन् ।