March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

थप ९३६ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, मंगलवार थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।

२४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ९ सय ९६ जना रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३८ हजार ५६० रहेको छ ।

गत २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १७३० जना पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको