April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

अध्यादेशप्रति असन्तुष्ट हुँदै देउवा संवैधानिक परिषदको बैठकमा सहभागी नहुने

काठमाडौं, आज साँझ तय भएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् ।

देउवा निकट काँग्रेस नेता रमेश लेखका अनुसार अध्यादेश ल्याएकोमा असन्तुष्ट हुँदै देउवा बैठकमा सहभागी नहुने भएका हुन् । ‘संसद बैठक डाक्नुपर्ने बेलामा सरकारले अध्यादेश ल्याएर गम्भीर गल्ती गरेको छ,’ नेता लेखकले भने । उनले अध्यादेशमार्फत् देश चलाउन खोजिएकोमा मान्य नहुने बताए ।

यसअघि आज विहान विपक्षी दलका नेता देउवा संवैधानिक परिषदको बैठकमा सहभागी थिए । २८ मंसिरको बैठकमा उनी सहभागी भएका थिएनन् ।

शीर्ष समाचार

धेरै पढिएको