January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न प्रचण्डको माग

  • 20
    Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश मंगलबार मात्र जारी भएको छ । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै विरोध गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भनेका छ ‘यो अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको छ । त्यसैले तत्काल फिर्ता गर्नुको विकल्प छैन ।’ 

उनले संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा र पार्टीको बैठकसमेत भइरहेको बेलामा पार्टीलाई कुनै जानकारी र सुइँको समेत नदिएर अध्यादेश ल्याउनुमा कुनियत रहेको दावी गरे ।

शीर्ष समाचार

धेरै पढिएको