
काठमाडौं – काेराेना भाइरस संक्रमितको संख्या शनिबार मात्रै २७३ जना थपिएका छन् । याे सँगै संक्रमित हुनेकाे जम्मा संख्या ५ हजार ३३५ जना पुगेका छन् । स्वास्थ मन्त्रालयका अनुसार मृत्यु हुनेकाे संख्या १८ पुगेकाे छ भने डिस्चार्ज हुनेकाे संख्या ९१३ पुगेका छन् । नेपाल भरि काेराेना संक्रमित जिल्ला हालसम्म ७२ रहेकाे छ। जसमध्ये सबैभन्दा बढि संक्रमित हुने जिल्ला कपिलवस्तु रहेकाे छ कपिलवस्तुमा शनिबारसम्म ६४१ जना संक्रमित छन् १० जना निकाे भएको छ ।त्यसैगरी राैतहटमा ६२२,सर्लाहीमा ४७७, दैलेखमा ४७१ रहेका छन् ।





