नियमित एजेण्डाहरुमा छलफल गरेर सकियो मन्त्रिपरिषदको बैठक
- hamro_kantipur
- २०७७ मंसिर ३०

काठमाडौं, मन्त्रिपरिषदको बैठक नियमित एजेण्डाहरुमा छलफल गरेर सकिएको छ । आजको बैठकमा मुख्यतः नियमित विषयवस्तु र एजेन्डाहरुमा छलफल तथा निर्णय गरेर सम्पन्न भएको बैठकपछि एक मन्त्रीले सञ्चारमाध्यमलाई बताएका छन् ।
उक्त बैठक हिजो सोमबार साँझ नै खबर गरी बसेको नियमित बैठक भएको बताइएको छ । नेकपामा विवाद चर्किदै जाँदा प्रधानमन्त्रीले पार्टी विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याउन सक्ने अड्कलबाजी समेत भइरहेका बेला बैठक डाकिएका कारण सो आशंका समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस्