January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

  • 16
    Shares

काठमाडौं, सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गरेकी हुन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आइतबार र मंगलबार बसेको संवैधानिक परिषदमा गणपुरक संख्या पुगेको थिएन ।

संवैधानिक परिषद्मा सदस्य रहने उपसभामुख पद रिक्त छ । एकजना उपस्थित नहुँदा गणपुरक संख्या नपुग्ने भएकोले अध्यादेशमार्फत सो व्यवस्था हटाएर उपस्थितमध्ये बहुमतका आधारमा निर्णय गरिने उल्लेख गरिएको हो ।


शीर्ष समाचार

धेरै पढिएको