
राजपा नेपालका नेता राजेन्द्र महतोले नक्सामात्र हाेइन अब भुमिनै फिर्ता ल्याउन आग्रह गरेकाछन् संविधानप्रति आफूहरुको असहमति र असन्तुष्टि हुँदाहुँदै नेपाली भूमि को सवाल र राष्ट्रियताको सवाल आउँदा सहर्ष स्वीकार गरेको बताएका छन् । शनिबारको प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै नेता महताले यस्तो बताएका हुन् ।
उनले नक्सामा मात्रै नभएर भूमि नै फिर्ता गर्न पनि सरकारसमक्ष आग्रह गरेका छन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागमा समेटिनु सम्पूर्ण नेपालीहरुकाे लागि खुसीको कुरा भएको पनि बताएका छन् ।






