January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

  • 1
    Share

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक भैरहेको छ । बैठक मंगलबार बिहान साढे १० बजे बालुवाटारमा बस्नेगरी बोलाइएपनि ११ बजेबाट मात्रै सुरु भएको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक मंगलबार बोलाइएको हो । 

संवैधानिक परिषद बैठक लगत्तै मन्त्रिपरिषद बोलाएर संवैधानिक आयोगहरुमा नियुक्तिअघि बढाउने उद्देश्यले बैठक बोलाएपनि मंगलबार बिहानको संवैधानिक परिषद बैठकमा गणपुरक संख्या नपुगेपछि बेलुका ५ बजेलाई अर्को बैठक बोलाइएको छ । संवैधानिक परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको उपस्थिति थिएन ।

शीर्ष समाचार

धेरै पढिएको