January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरू

  • 12
    Shares

संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरू भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता सभापति शेर वहादुर देउवा उपस्थित छन् तर बैठकमा परिषद् सदस्य समेत रहेका सभामुख अग्निप्रसाद सापकोटा भने अनुपस्थित भएका छन् ।

उपसभामुख पनि नरहेको अवस्थामा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित छन् ।

आवश्यक समन्वय, गृहकार्य नभएको र एकलौटी ढंगले विभिन्न आयोगहरूमा नियुक्तिका लागि सिफारिशको तयारी भएकाले त्यसमा असन्तुष्टि जनाउँदै सभामुख बैठकमा अनुपस्थित भएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको