January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

आज बस्ने संवैधानिक परिषदको बैठकमा देउवा पनि सहभागी हुने

  • 1
    Share

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक आजका लागि बोलाएका छन् । उनले रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्न बैठक बोलाएका हुन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी हुने भएका छन् ।

आइतबार प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाको अनुपस्थितिका कारण बैठक हुन सकेको थिएन भने आज पनि सभामुख नजाने भएका छन् । परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ ।

संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

शीर्ष समाचार

धेरै पढिएको