January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

थप ८ सय २१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

  • 20
    Shares

काठमाडौं, सोमवार थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको हो । पछिल्लो २४ घन्टामा जम्मा ५ हजार ४ सय २३ पीसीआर परीक्षण भएको छ ।

गत २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ४२ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको