सरकारविरुद्ध सडकमा उत्रिएका काँग्रेसलाई बाबुराम भट्टराईको बधाई

काठमाडौँ, जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले गरेको भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएकोमा काँग्रेसलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता रकुशासनविरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई सामाजिक सञ्जालमार्फत डा.भट्टराईले बधाई दिएका हुन् ।
लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्य क्षेत्रमध्ये सरकारमा सत्तापक्षको सदन तथा सडकमा विपक्षीको अधिकार र कर्तव्य रहने डा.भट्टराईले बताए ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखाएर स्थगित सदन बोलाउन पहल गर्नुपर्ने भट्टराईको माग छ । आफ्नो पार्टी पनि छिट्टै एकता समायाजनको काम सकर सडक र सदनमा गर्जने भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्