नेपाल कम्युनिष्ट पार्टी पार्टी नै होइन, यो लोभीपापीहरुको मञ्च मात्रै हो: गगन थापा

काठमाडौं, कांग्रेस नेता गगन थापाले नेकपा पार्टी नै नभएको बताएका छन् । सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा कैलालीको धनगढीमा आयोजित खबरदारी सभामा पुगेका पूर्वमन्त्रीसमेत रहेका थापाले लोभीपापीहरुको मञ्च भएको बताएका हुन् ।
‘नेपाल कम्युनिष्ट पार्टी पार्टी नै होइन, यो एउटा लोभीपापीहरुको मञ्च मात्रै हो,’ थापाले भने । ‘कुनै बेला हात पनि मिलाउन नमान्नेहरु पुष्पकमल दाहाल र केपी शर्मा ओलीले एउटा व्यवसायीको घरमा बसेर हात मात्रै होइन मनमुटु पनि मिल्यो भनेर गीत गाए,’ थापाले भने । नेता थापाले पुष्पकमल दाहाल चुनाव हार्ने डर र केपी शर्मा ओलीलाई सिंहदरबारमा बस्ने लोभले एकैठाउँ ल्याएको पनि बताए ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् ।
प्रतिकृया दिनुहोस्