January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

कला र साहित्यले देशको धार्मिक र सामाजिक एकतालाई प्रतिनिधित्व गर्छ: पर्यटनमन्त्री

  • 1
    Share

काठमाडौं, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्ने बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन उनले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिने बताएका हुन् ।

साहित्य र कलाको माध्यमबाट देशमा जातिय सद्भाव, धार्मिक सहिष्णुता र भौगोलिक एकता कायम राख्न सकिने उनको भनाई छ ।

मान्छेमा हुने आलोचनात्मक चेतलाई सम्मान गर्नपर्ने तर त्यस्ता आलोचनात्मक चेत सिर्जनात्मक, समृद्धि र राष्ट्रिय एकताको लागि हुनुपर्ने पनि उनले बताए । यस्ता विषयहरुलाई साहित्यको विधामार्फत ल्याएर समाजलाई अगाडि बढाउन सकिने मन्त्री भट्टराईले बताए ।

प्राज्ञिक कविहरुले समाजका अग्रगामी विषयहरुलाई कलमको माध्यमबाट उजागर गर्न अझबढी भूमिका खेल्नुपर्ने पनि मन्त्री भट्टराईले बताए ।

शीर्ष समाचार

धेरै पढिएको