January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

मिल मालिक र सरकारको लापर्वाहीको शिकार बने उखु किसान: नेता पौडेल

  • 6
    Shares

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र मिल मालिकबीचको मिलेमतो र लापर्बाहीका कारण उखु किसानहरुले दु:ख पाएको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले किसानहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुको माग पूरा गरी जतिसक्दो चाँडो राहत दिलाउन सरकारसँग आग्रह गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरुको मिलीभगत र लापर्बाहीको शिकार बनेका किसानहरुप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आह्‍‍वान गर्दछु ।’

शनिबार उखुको भुक्तानी माग्न चिसो झेल्दै किसानहरु काठमाडौं आइपुगेका छन् । किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी दिलाउन नसक्दा उनीहरूले आइतबार माइतीघर मण्डलमा आक्रोश पोखेका छन् ।

चार/पाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र नवलपरासीका उखु किसान निरन्तर आन्दोलित छन् ।

शीर्ष समाचार

धेरै पढिएको