January 19, 2021, Tuesday
२०७७ माघ ७, बुधबार

“हिन्दुराष्ट्र भनेको राजतन्त्र फर्काउनका लागि होइन”- महामन्त्री कोइराला

  • 1
    Share

विराटनगर, नेपाली काँग्रेसको देशभर भैरहेको प्रदर्शनका क्रममा मोरङको सभालाई सम्बोधन गर्न विराटनगर पुगेका नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताएका छन् । उनले कोइराला निवास पुगेर पार्टीका कार्यकर्तासँग पनि भेटघाट गरेका हुन् ।

सोमबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हिन्दुराष्ट्रका लागि जनमतसंग्रह गर्न तयार हुनुपर्छ ।’ काँग्रेसले बहुमत ल्यायो भने जनमतसंग्रह गर्न तयार हुनुपर्ने समेत बताएका हुन् । उनले भने, ‘हिन्दुराष्ट्र भनेको राजतन्त्र फर्काउनका लागि होइन ।’ उनले राजतन्त्र नफर्कने समेत बताए । तर, कोइरालाले हिन्दुराष्ट्रमा जोड दिएका छन् ।

उनले कोइराला परिवारबाट सरसल्लाह गरेर एकजना सभापतिको उम्मेदवार बन्ने बताएका छन् । डा. शेखर कोइराला र सुजाता कोइराला पनि सभापतिको दाबेदार रहेको उल्लेख गर्दै भने, ‘हामी तीनजना सरसल्लाह गरेर एकजना सभापतिको उम्मेदवार बन्ने हो ।’

उनले नेपाली कांग्रेसको आँउदो महाधिवेशनबाट जनमत संग्रहका लागि प्रस्ताव पास हुने जानकारी पनि दिए । फागुनमा कांग्रेसको महाधिवेशन सम्भव नभएकाले आउँदो जेठ मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका परिवर्तन गर्नुपर्ने जिकिर गरेका छन् ।

उनले आउँदो महाधिवेशनमा कोइराला परिवारबाट एक जना मात्र सभापतिको उम्मेदवार बन्ने दावी गर्दै शेर बहादुर देउवालाई महाधिवेशनमा परास्त गरी देउवाको सर्वसत्तावाद अन्त्य गरिने बताए ।

शीर्ष समाचार

धेरै पढिएको