January 23, 2021, Saturday
२०७७ माघ ११, आईतवार

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

  • 1
    Share

इनरुवा, इनरुवामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो ।

आइतबार राति आरक्षबाट आएको हात्तीले आज बिहान फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी धर्मेन्द्र मेहताले बताएका छन् ।

घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोलीेले घटनास्थलमा गई अनुसन्धान शुरु गरेको छ । स्थानीयवासीले पटकपटक आरक्षबाट आउने जङ्गली जनावरको आतङ्कबाट आफूहरु प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको