मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो । दुर्घटनाको कारण खुलेको छैन ।
दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३/२४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहचिान खुलेको छैन । उनीहरुले सडकसम्बन्धी काम गर्ने गर्थे ।
प्रहरी स्रोतका अनुसार सडकबाट ट्रक र मृतकहरुको शव देखिएको छैन भने भीरमा पनि जानसक्ने अवस्था नभएकाले डोरी मगाएर उनीहरुको शव निकाल्ने तयारी भइरहेको छ ।
प्रतिकृया दिनुहोस्