दाङमा गुडिरहेको यात्रु बसमा आगलागी
- hamro_kantipur
- २०७७ मंसिर २९

दाङ, दाङमा गुडिरहेको यात्रु बसमा एक्कासी आगलागी भएको छ । आज बिहान ६ बजे तुलसीपुरको १३ बखरियामा गुडिरहेको बेला बसमा आगलागी भएको हो ।
ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ । बसमा करिब १५ जना यात्रु सवार थिए ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले जानकारी दिएका छन् ।
शीर्ष समाचार
- संसद विघटन मुद्दाको बहसमा आधा घण्टामै बहस सकाउन ‘टाइम कार्ड लागू’
- औपचारिक रुपमा डोनाल्ड ट्रम्पले छोडे ह्वाइट हाउस
- बाइडेनले १७ कार्यकारी कार्यहरूमा हस्ताक्षर गर्दै, ट्रम्प नीतिहरू उल्टाउने आदेश
- दिल्लीले सन्दीपलाई रिलिज गर्याे
- विश्वका ६०देशमा पुग्यो,नयाँ स्वरुपको कोरोना भाइरस
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्