January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

ललिता निवास प्रकरण: फैसला नआएसम्म बस्न्यातलाई थुनामै राख्न आदेश

  • 25
    Shares

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाएको छ ।बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त बस्न्यातलाई विशेष अदालतले फैसला नआएसम्म थुनामै राख्न आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीसद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनलाई पुर्पक्षका थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि बस्न्यातलाई आइतवार नै डिल्लीबजार कारागार लगिएको छ । बस्न्यातले भौतिक योजना निर्माण मन्त्रालयको सचिव हुँदा गरेको निर्णयमा भ्रष्टाचार भएको ठहर सहित अख्तियारले गत वर्षको माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दर्ता भएको १० महिनापछि बस्नेत बयानका लागि आफै अदालतमा उपस्थित भएका थिए । उनीमाथि ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

शीर्ष समाचार

धेरै पढिएको