January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

राजपुर बम काण्डका मुख्य योजनाकार आलम पुर्पक्षको लागि कारागार चलान

  • 4
    Shares

काठमाडौं, राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । उनी महताब आलम बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ हुन् ।

वि.सं २०६४ चैत २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विस्फोट परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

उनि चर्चित बम कान्डका मुख्य योजनाकार हुन् । अदालतको आदेश अनुसार महताबलाई आइतबार नै जिल्ला कारागार रौतहट चलान गरिएको छ । प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले उनलाइ मंसिर २४ गते बौद्धिमाई नगरपालिका वडा नम्बर ७ बडकी बंकुल एरियाबाट पक्राउ गरेको थियो ।

सांसद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो भने जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ मा उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको