January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

थप ८३० जनामा कोरोना पुष्टि, १ हजार ५०० डिस्चार्ज

  • 16
    Shares

काठमाडौं, आइतबार थप ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको हो । देशभर सक्रिय संक्रमितको सङ्ख्या १० हजार ९९४ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५ सय रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ रहेको छ । कोरोना निको हुनेको दर ९४.९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले प्रेस ब्रीफिङमा बताएका हुन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १६९८ जना पुगेको छ । योसँगै आज काठमाडौं उपत्यकामा थप ३४८ जनामा कोरोना पुष्टि भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको