January 23, 2021, Saturday
२०७७ माघ ११, आईतवार

लामा र हाइड्रो पावरको सामान्य विवादमा श्रेष्ठलाई अनावश्यक प्रचार नगर्न प्रचण्डको आग्रह

  • 38
    Shares

काठमाडौं, कमानसिंह र हाइड्रो पावर सम्बन्धी विवादमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेको नेकपा अध्यक्ष पुष्पकमल दहालले बताएका छन् ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा स्थायी कमिटीको  बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरेका छन् ।

बैठकको निर्णय सुनाउने क्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डको भनाई उदृत गर्दै भने, ‘अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुःखित रहेको घडीमा लामा र हाइड्रो पावर सम्बन्धी सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर भएका प्रचारको भ्रम नपर्न अनुरोध गरेका छन्।’  

उनले सामान्य विवादमा पार्टी प्रवक्तालाई अनावश्यक रुपमा मुछेर प्रचार भएको र त्यसमा नलाग्न नेताहरूलाई आग्रह गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका हुन् । 

शीर्ष समाचार

धेरै पढिएको