April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक छ: प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले हरित यात्रामा एकसाथ अघि बढ्न नेपालले सबै मुलुकहरूबाट साथ पाउने अपेक्षा गरेको उल्लेख गर्दै जलवायुसम्बन्धी महत्वाकाङ्क्षा लागू गर्न नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक भएको बताएका छन् ।

चिली र इटालीसँगको साझेदारीमा फ्रान्स, संयुक्त अधिराज्य तथा संयुक्त राष्ट्रसङ्घले संयुक्तरूपमा शनिबार आयोजना गरेको जलवायु महत्वाकाङ्क्षा सम्मेलनलाई पूर्व अभिलेखित ‘भिडियो’ बाट सम्बोधन गर्दै उनले पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १।५ डिग्रीमा सीमित राख्ने आह्वानप्रति नेपालको दृढ समर्थन रहेको स्पष्ट गरेका हुन् ।

जलवायु उत्थानशील विकासको प्रवद्र्धनका लागि नेपाल पूर्ण प्रतिबद्ध रहेको तथा कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील रहेको बताउँदै उहाँले हरित वृद्धि र हरित पुनरुत्थान प्रवद्र्धनका लागि स्वच्छ एवं नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिइएको, विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवद्र्धनमा विशेष जोड दिइएको जानकारी दिएका छन् ।

“हामीले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३५ बाट ३०५ पुर्याउने र जैविक विविधताको जगेर्ना गर्ने लक्ष्य लिएका छौँ, विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय सन्तुलन कायम राख्नमा हिमालयको महत्व बुझ्न म विश्वलाई आग्रह गर्दछु”, प्रधानमन्त्री ओलीले भने ।

सन् २०३० सम्ममा ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गरिने नेपालको योजना सुनाउँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ ले कोप–२६ स्थगन गर्न बाध्य तुल्याए पनि स्वच्छ एवं हरित विश्व निर्माणसम्बन्धी अभियान स्थगन हुन नहुनेमा जोड दिए ।

शीर्ष समाचार

धेरै पढिएको